Logo
१५ बैशाख २०८१, शनिबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस्: कन्डमको अभावमा कसरी राख्ने काबुमा कामेच्छा?

कोरोना माहामाहामारीको चपेटामा विश्वमुलुक नै ग्रसित भइसकेको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ठूलो धक्का परिसकेको अवस्था रहेको छ ।

अहिले कोरोनाका कारण उन्द्योग तथा उत्पादनमा एकदम कमी भएको छ । विश्वमा अझैपनि कोरोनाले कुनै बस्तु उत्पादन गर्न कठिन भएको छ ।

एक रिपोटका अनुसार विश्वभर कन्डमको अभाव भएको बताएको छ । रिर्पोट अनुसार लकडाउनको समयमा कन्डमका बिक्रि बढेको र कम्पनीमा काम बन्द भएकोले कन्डमको उत्पादन कमी भएको हो ।

कोरोना भाइरसको कारण विश्वका धेरै देशहरु लकडाउन लागु गरेका थिए । लकडाउनले सबै स्थान र सबै क्षेत्रमा असर गरेको छ । कन्डम बनाउने कम्पनी पनि अछुतो रहेन ।

रिर्पोट अनुसार कन्डमको माग र सप्लाईको बीचमा सन्तुलन बिग्रेकाले विश्व भरनै कन्डम अभाव भएको छ । यदि कन्डम नपाएको अवस्थामा आफ्नो कामच्छामा काबुमा राख्न यी टिप्सले मद्दत गर्नेछ ।

विचार काबुमा राखेर अन्य काममा ध्यान दिनुपर्छः

आफ्नो विचार काबुमा राख्न कोशिश गर्नुपर्छ । हरेक यौन सम्बन्धको बारेमा सोचेमा तपाइँको कामेच्छा नियन्त्रण गर्न सजिलो हुन्छ । यस्तो कुरा मनमा आउने बित्तिकै दिमागलाई तुरुन्त अन्य काम र कुरामा ध्यान मोड्नुपर्छ । न्युज हेर्ने, टिभीमा सिरियल हेर्ने

आफ्नो साथीसँग कुरा गर्नेः

आफ्नो पाटनरसँग यस विषयमा खुलेर कुरा गर्नुपर्छ । यस्तो अवस्थामा दुवैजना मिलेर सजिलो मार्ग खोज्नु पर्छ । यदि तपाइँको पार्टनरले यौन इच्छा नियन्त्रण गर्न सक्दैन भने झन सहयोग गर्नुपर्छ वा मिल्नुपर्छ । दुई जनाको बीचमा सम्बन्ध बलियो बनाउने शारीरिक सम्बन्धले हो त्यसैले खुलेर आफ्नो कुरा राख्नुपर्छ ।

रोमान्टिक सामाग्रीबाट टाढा रहनेः

यदि यौन सम्बन्धको बारेमा मात्र सम्झना आउनेले रोमान्टीक खालको सामाग्रीबाट टाढा रहने । यस्ता चीजले झन कामेच्छा बढाउँछ ।

दिनभर आफूलाई व्यस्थ राख्ने :

चाहे काम होस् वा नहोस आफु खाली नबस्ने । दिनभरको लागि तालिका बनाउनु पर्छ । बिहान उठेदेखि राति नसुतेसम्मलाई कामको तालिका अनुसार काम गर्नुपर्छ ।

व्यायामः

कामेच्छा नियन्त्रण गर्न व्यायामले धेरै मद्दत गर्छ । यदि घरमा कुनै अभ्यास गर्ने उपकरण भएमा अभ्यास गर्न थालिहाल्ने । यसले थकाउनुको साथै दिमागलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

यौन सम्बन्ध बाहेक अरु सोच्ने :

रोमान्स र मायाको अर्थ यौन सम्बन्ध मात्र होइन् । यसको स्थानमा पत्नीको साथमा गेम खेलर, हात बटारेर, फिल्म हेरेर र लाइट डिनरको मज्जा लिन सकिनेछ ।

नतिजाको बारेमा सोच्नेः

कुनै पनि काम गरेपछि नतिजाको बारेमा सोचेर बस्नु हुँदैन् । दिमागमा पछि हुने नतिजाको बारेमा सोचेर बस्नु आफैलाई पछाडी धकेल्नु हो ।

डाक्टरसँग कुरा गर्नेः

यदि कतैबाट पनि समस्या टार्न नसकेमा चिकित्सककोमा गएर परामर्श लिनु पर्छ । लकडाउनको समयमा तनाव नलिई फोन, अनलाइन मार्फत पनि यौन सम्बन्धि डाक्टरहरुसँग सम्पर्क गर्न सकिन्छ ।एजेन्सीको सयोगमा

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्