Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसचिव र सहसचिवको रिक्त पदहरूको विवरण पठाउन अनुरोध

राजपत्राङ्कित प्रथम (सहसचिव) र राजपत्राङ्कित द्वितीय (उपसचिव) श्रेणीका रिक्त पदहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई पत्राचार गर्दै लोक सेवा आयोगको स्वीकृत वार्षिक क्यालेन्डर अनुसार रिक्त पदहरूको पदपूर्तिका लागि भन्दै विवरण उपलब्ध गराउन भनेको हो ।

सरकारद्वारा हालै स्वीकृति संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अनुरूप रिक्त पदहरूको माग आकृति फारम भरी भदौ १० गतेभित्र उपलब्ध गराउन मन्त्रालयले भनेको छ ।

यससँगै उपसचिव र सहसचिवको लोक सेवा खुल्ने सम्भावना प्रबल देखिएको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्