Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया अभिनित सडक-२ को ट्रेलर युट्युबमार्फत सार्वजनिक

आज बुधबार बिहान महेश भट्टको निर्देशनमा तयार भएको सडक–२ को ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको छ ।

सडक-२ मा आलिया भट्टसँगै सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ। सडक-२ मा सुरुमा सुशान्त सिंह राजपूतलाई लिने कुरा भए पनि मिलेको थिएन।

अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछि चर्किएको आफन्तवाद विरुद्धको अभियानको प्रभाव चलचित्र सडक-२ मा पर्ने देखिएको छ।

सुशान्तको निधनपछि उनका फ्यानहरुले नेपोटिजम विरुद्ध सामाजिक सञ्जालमा चर्को आवाज उठाएका थिए। उनीहरुले स्टार किड -स्थापित अभिनेता-अभिनेत्री, निर्माताका सन्तान) को चलचित्र बहिष्कार गर्ने घोषणा पनि गरेका थिए।

त्यसको संकेत सडक-२ को ट्रेलरमा देखिएको छ।बुधबार बिहान सडक–२ को ट्रेलर युट्युब मार्फत सार्वजनिक भए लगत्तै सुशान्तका फ्यानहरुले त्यसलाई डिसलाइक गर्ने थाले।

यो समाचार तयार पार्दासम्म ट्रेलर सार्वजनिक भएको तीन घण्टाको अवधिमा सडक-२ को ट्रेलर चार लाख ६९ हजार भन्दा धेरै पटक हेरिएको छ। तर यसमा डिसलाइक भने पाँच लाख १५ हजार भन्दा धेरैले गरेका छन्।

ट्रेलर लाइक गर्नेको संख्या मात्रै ४९ हजार देखिएको छ । ५० हजार भन्दा धेरैले कमेन्ट गरेका छन् र कमेन्टमा पनि विरोध गर्नेहरुको संख्या धेरै रहेको छ।यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

 

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्