Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राधा-कृष्णको कारण आज पनि यी गाउँमा वैवाहिक सम्बन्ध बन्देज

मानिसको सूष्टिसँगै उनिहरुले बनाएका कला कृति र सामाजिक परम्परा, नितिनियम कानुन अहिलेका पुस्ताले अझै अगाल्दै आएका छौ ।

कति यस्ता छन् हाम्रो समाजमा अझैपनि जुन सस्कारको नाममा समाजमा पहिलाका मानिसले फैलाएको कुरीतहरु तर पनि हामीले त्यसलाई पनि जतिनै शिक्षित वर्ग भएपनि निरन्तरता दिइरहेका नै हुन्छौ ।

धर्मशान्त्र एक मानिसलाई अनुशाषनमा जोड्ने धागो हो जुन शास्त्रका अनुसार समाजमा काम गर्न हुने र गर्न नहुने भनि लेखिएको छ र त्यहि अनुसार समाज विकास हुदै गएको छ तर केहि यस्ता अनौठा लाग्ने घटनाहरु हामीले धर्मशास्त्रमा जोडिएका पढ्न र सुन्न पाउँछौ ।

आज हामी दुनियाँको यस्तो गाउँको बारेमा जानकारी दिनेछौ जहाँ पछिल्लो केही वर्षदेखि पुरानो परम्परा पालना गरिन्छ ।

वास्तवमा यी दुई गाउँको सम्बन्ध भगवान श्रीकृष्णबाट भएको हो । भारतको नन्द गाउँ र बरसाना गाउँ यी दुई गाउँ जसको बारेमा आज हामी चर्चा गर्न जानेछौ ।

ती दुई गाउँमा आश्चर्य लाग्दो परम्परा चलिआएको छ । यी दूई गाउँबीचका मानिसहरुले वैवाहिक सम्बन्ध जोड्न चाहादैनन् ।

वास्तवमा भगवान कृष्ण र राधा रानीको प्रेम चलेका कारण त्यहाँका मानिसहरु यो परम्परा मान्दै आएका छन् ।

बरसानाका निवासीले श्रीकृष्ण भन्दा अरु कोही ज्वाई हुन सक्दैन र ठिक त्यस्तै नन्दगाउँकी बुहारी मात्र राधा रानी हुने मान्यता राख्दै आएका छन् ।

स्पष्ट शब्दमा भन्दा नन्दगाउँ र बरसानाका मानिसहरुले राधा–कृष्णको प्रेम बचाइराख्नको लागि यस्तो गरेका हुन् । गाउँवासीका यस्तो मान्यता छ कि यदि दुई गाउँमा आपसमा वैवाहिक सम्बन्ध जोडेमा राधा-कृष्णको प्रेम धमिलो हुनेछ ।

पछिल्लो ५ हजार वर्षबाट नन्दगाउँ र बरसानाको बीचमा कसैले पनि विवाह हुँदैन, तर दुवै घरको भलिभाती निभाउने गर्छन् । नन्दगाउँका युवाहरुले यस्तो मान्छन् कि बरसाना उनीहरुको घर ससुराली हो ।

बरसाना गाउँका ठुला र जेष्ठ नागरिकहरुले नन्दगाउँलाई राधा रानीको घर मान्दै आएकाले त्यहाँको पानीसम्म पिउदैनन् । र बरसानामा नन्दगाउँबाट आएका कुनै पनि व्यक्तिलाई खाली हात बिदा गर्दैनन् ।एजेन्सी

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्