Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँप्रमुखले गरे निः शुल्क घरको साथमा पैसाको अफर

अहिलेको बर्तमान समयमा कोरोना भाइरसको माहामारीको कारण विश्वमुलुक नै चपेटामा परेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रको लागि लगाएको लकडाउनको कारण विश्वअर्थतन्त्र धरासाहि भएको छ साथै अहिले मंहगीले आकाश छोएको छ ।

अहिलेको बदलिदो भड्कीदो समाजमा धेरैजसो व्यक्तिको धेरै पैसा कमाउने चाहाना हुन्छ र पैसा कमाएर आफ्नो कमाइले घर बनाउन चााहन्छन् ताकि उनिहरुले आफ्नो समाजसुहाउदो स्टाटस बनाउन मेहनत गरेको हुन्छ ।

अहिलेको बर्तमान समयमा सबै स्थानमा जग्गा तथा सर सामानको मुल्य छोइनसक्नु भएको समयमा एउटा यस्तो स्थान छ जँहा निशुल्क घर पाइन्छ ।

यो भन्दा खुशीको कुरा के होला र ! साथमा पैसा पनि पाइन्छ । वास्तवमा यो सत्य कुरा इटालीको हो, जँहा गाउँका मेयर विश्वका मानिसहरुको लागि यस्तो अफर गरेका हुन् ।

यस अफर गरिएकोमा घर खरिद गर्ने इच्छा भएमा निः शुल्क घर दिने र साथमा २ हजार युरो नगद पनि दिने भनिएको छ ।

यस्तो अफर दिने मेयरलाई चारैतिरबाट सम्मान गरिरहेका छन् । वास्तवमा मेयरलाई युवाहरु कामको खोजीमा पलायन हुनबाट रोक्न खोजेको बताइएको छ ।

उक्त गाउँमा सबै युवाहरु गाँउ छाडेर हिडेपछि सुनसान भएको कारण मानिस मर्दा पनि अन्तिम सस्कार गर्न जाने युवा नभएपछि मेयरले यस्तो अफर गरेका हुन् ।

बृद्धहरुको निधन हुँदै गएकोले गाउँ सुनसान भई भुतको बास भएको भन्दै मेयरले युवाहरुको लागि अफर दिएका हुन् । उक्त गाउँ चारैतिर हरियाली र खेत छ ।  हेर्दा निकै सुन्दर देखिने गाउँको जनसख्या १९९० मा ८ हजार भएको पछिल्लो समय २७ सयमा झरेको छ ।

व्यवसाय सुरु गर्नलाई मेयरले सहयोग गर्न समेत सोच बनाएका छन् । र अर्को अन्तिम शर्त परिवारको साथमा बस्न चाहने परिवारको कमाई हरेक वर्ष ७५ सय युरो हुनु पर्छ ।

हाल जो मानिस बस्न चाहान्छ वा यसको लाभ लिन चाहेमा शर्त भने अनिवार्य रुपमा स्विकार्नुपर्छ । शर्त अनुसार घर खरिद गरी बस्नेले होलिडे होम बनाउनु पर्छ, मानिसहरुले उक्त स्थानलाई व्यवसाय, पसल, बार शुरु पनि गर्न सक्नेछन् । एजेन्सी

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्