Logo
७ बैशाख २०८१, शुक्रबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामसँग नेपालको सम्बन्ध जोडिएको छ : भारतीय प्रधानमन्त्री मोदी (भिडियो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास गरेका छन्।

राम मन्दिर शिलान्यासको क्रममा प्रधानमन्त्री मोदीले नेपालको नामसमेत लिएका छन्। मन्दिर शिलान्यासको क्रममा सम्बोधन गर्दै मादीले रामसँग नेपालको सम्बन्ध जोडिएको बताए।

उनले भने, ‘जानकी माता (सिता) को माध्यमबाट राम नेपालसँग जोडिएका हुन्।’ राम मन्दिर शिलान्यासमा सहभागी हुन जानकी मन्दिरका महन्थसहितको नेपाली टोली पनि अयाेध्या गएकाे छ।

गत वर्ष भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेपछि विवादित उक्त स्थानमा राम मन्दिरको निर्माणकाे बाटो खुलेको थियो। सर्वोच्चले २०१९ नोभेम्बर ९ मा फैसला गर्दै विवादित जमिन हिन्दु पक्षलाई दिने फैसला गरेको थियो।

उक्त स्थानमा रहेको बाबरी मस्जिद सन् १९९२ मा हिन्दुहरुले भत्काएका थिए। त्यसपछि भारतमा फैलिएकाे हिन्दु-मुस्लिम दंगामा दुई हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीकाे दिन ‘राम’ नेपालमा जन्मिएको र भारतले नक्कली अयाेध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए।

ओलीको अभिव्यक्ति विवादित बनेकाे थियो।

प्रतिक्रिया दिनुहोस्