Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री [भिडियो सहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्यलाई पच्छ्याए वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताए। सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ।

‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपने अवस्था छ,’ ओलीले भने, ‘ यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’

राष्ट्रियताको प्रवर्द्धनमा सरकारले राम्रो काम गरेको दावी गरे। ‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमनालाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्छन्,’ उनले भने, ‘हामीले लिएका अडान आफैं बोल्छन् । हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन् । ’

प्रतिक्रिया दिनुहोस्