Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य लाख नाघ्यो, एकै दिन तोलामा १६ सयले बढ्यो

नेपाल सुनचाँदी बजारमा आज तोलाको १६ सयले बढेर सुनको मूल्य १ लाख १ हजार ४ सय पुगेको छ ।

अघिल्लो दिनको तुलनामा १६ सय रुपैयाँले बढेर बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ थियो । यसदिन तेजाबी सुनको मूल्य पनि पनि बढेको छ । तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकोमा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्