Logo
२० बैशाख २०८१, बिहीबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्धको खोप सेप्टेम्बर महिनादेखि बजारमा ल्याउने रुसको दाबी

रूसले कोरोनाविरुद्धको खोप आगामी सेप्टेम्बर महिनाबाटै ठूलो मात्रामा उत्पादन सुरु गरेर बजारमा ल्याउने दाबी गरेको छ ।

रुसी उद्योगमन्त्री डेनिस मन्तुरोभले सेप्टेम्बरबाटै खोपको उत्पादन शुरु गर्ने बताएका छन् ।आगामी सेप्टेम्बरदेखि खोप ठूलो मात्रामा उत्पादन शुरु गर्ने जनाउँदै सन् २०२१ को शुरूसम्ममा करोडौंको मात्रामा खोपको उत्पादन गर्ने रुसको दाबी छ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानलाई अगाडि बढाएको जानकारी दिंदै मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको जनाएको छ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको जानकारी दिए।

खोप विकासमा लागेको सो संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले जनाएका छन्।

यसैगरी साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको र अर्को दुई महिनामा मानवमा परीक्षण सुरु गरिने पनि उनले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरस विरोद्धको खोप बन्छ भन्ने आशा रहेको तर तत्काल बनिहाल्छ भन्नेमा विश्वस्त नरहेको जनाएको छ।

डब्लुएचओ प्रमुख टेड्रोसले संसारभरका मानिसलाई सामाजिक दूरी कायम गर्ने, हात धुने र मास्क लगाउने जस्ता बानीलाई निरन्तरता दिन समेत आव्हान गरे।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्