Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानलाई कसरी खुसी बनाउने? जान्नुहोस् यस्ता छन् उपाय

अहिलेको बदलिदो समाजसँगै वैवाहिक सम्वन्धमा धरै समस्याहरु आउन थालेका छन् । यसकारणले बैवाहीक जीवनको सम्वन्ध कमजोर बन्दै गइरहेको अवस्था समाजमा दखिन्छ ।

त्यसकारण अहिलेको बदलिदो समयसगै सम्वन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गइरहेको छ । हामीले बैवाहिक सम्वन्ध कमजोर हुदै जाने कारण केलायौ भने पक्कै पनि भावनात्क सम्वन्ध कम भएको कारण र अर्को श्रीमान श्रीमती एक अर्कासँग खुसि नभएको कारण विवाह संकटमा परेको देखिन्छ ।

जव विवाह हुन्छ हर श्रीमान श्रीमती एक अर्काप्रति समरपित साथै खुसी खुसि राख्योस भन्ने सोच भएको हुन्छ । महिला या पुरुष दुबैमा त्यसकारणमहिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ ।

श्रीमती पनि आफ्नो श्रीमानलाई यसैगरी खुसी राख्न चाहन्छिन् । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।

तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् ।

तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ ।

आज हामी तपाइलाई श्रीमानलाई कसरी खुसी बनाउने भन्ने विषयमा जानकारी दिन गइरहेका छौ ।

१. उनको जिम्मेवारीलाई बाँड्नुहोस्-

थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।

२.उनको कुराहरु सुन्नुहोस्-

धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।

३.पैसा बगाउन बन्द गर्नुहोस्ः

अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।

४. उनको करियरमा रुची लिनुहोस्-

तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।

५. बेकारको बहस नगर्नुहोस्-

६.श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।

५. बेडमा उनलाई खुसी राख्नुहोस्-

यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।

७.  आफ्नो जीवन पनि बाँच्नुहोस्-

कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।

८.उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्-

तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।

९. भविष्यको योजना एकसाथ बनाउनुहोस्-

चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।

१०.आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्-

महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?

११. उनको साथी बन्नुहोस्:

तपाईंहरु दुईमा श्रीमान-श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, ।

१२.उनको आमा-बुवालाई इज्जत गर्नुहोस्-

जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।

 

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्