Logo
६ चैत्र २०८०, मंगलबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाख्रामाथि चोरीको मुद्दा हालेपछि…!

समाजमा अनेक प्रकारका घटना घटने गछर्न । त्यस्तै हाम्रो समाजमा चोरीको आरोपमा मानिसलाई त अहिलेसम्म कारवाही भएको देखेको र सुनेका छौ तर आज हामी तपाइहरुसामु मानिसको चोरीको कावाहीको चर्चा नभई बाख्रामाथी मुद्दा चलेको विषयमा चर्चा गर्दै छौं ।

वास्तवमा भारतको तेलगंगामा एक यस्तो आश्चयृको विषय बाहिर आएको छ । जहाँ १५ बाख्रामाथी केस हालिएको छ जसको कारण १५ बाख्रा हिरासतमा लिएको छ । बाख्रालाई छुटाउन ३ हजार रुपैयाँ धरौटी राख्न परेको छ ।

भद्रद्री कोठागुडेम जिल्लामा वृक्षारोपण अभियान अन्र्तगत लगाइएका विरुवालाई १५ बाख्राले खाइदिएका हुन् । विरुवा खाइदिएपछि रिसाएका अधिकारीहरुले बाख्राविरुद्ध मुद्दा हालेका हुन् ।

यसैको आधारमा बाख्रालाई हिरासतमा राखेर २/४ थप्पड पनि हानेका थिए । नगरपालिकाको कर्मचारीले चोरेर खाने बाख्रालाई हानी नोक्सानी पुर्याएको भन्दै नियन्त्रणमा लिएका थिए ।

हाल सबै बाख्रा नगरपालिकाको कार्यलयमा नै राखिएको छ । प्रत्येक बाख्रामा ३ हजारले धरौटी राख्न सुचना जारी गरेपनि सम्बन्धित बाख्राका मालिक हालसम्म कोही उपस्थित भएका छैनन् । (एजेन्सी)

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्