Logo
२६ बैशाख २०८१, बुधबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! यस्ता छन् श्रीमतीलाई खुशी पार्ने उपायहरु 

अहिलेको बर्तमान समयमा विवाह कमजोर पर्दै गइरहेको छ । पहिला विवालाई एक जीवनको दरिलो आधार मानिन्थ्यो भने अहिले विवाह प्रति मानिसको धारणा परिर्वतन हुदै गइरहेको छ ।

विवाह बलियो बनाउनको लागि एक अर्काको भावनालाई बुझ्न आवश्य हुन्छ । किन भने जब दुई जनाको भावना एक अर्कालाई हामीले बुझ्न सक्दैनौ त्यसपछि त्यो सम्वन्धमा दरार उत्पन्न हुन्छ र विश्तारै विवाहमा समस्या उत्पन्न हुदै जान्छ र अन्तमा विवाह नै टुट्न सक्छ ।

त्यसैले हामीले आज तपाईसामु कसरि आफ्नो श्रीमतीलाई खुसी पार्न सकिने उपायहरु बताउने छौं र यदि हजुरहरुको आफ्नो श्रीमतीलाई खुशी पार्न नसकेर परिवारिक जीवनमा खटपट परेको छ भने यी १५उपायहरु प्रयोग गरी हेर्नुहोस-

१. आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गर्ने । विवाहको औठी सधै लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

२. भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माइतीको भरपूर तारीफ गर्ने।

३. कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने।

४ घर सफा गर्ने, कपड़ा धुने, खाना पकाउने।

५.श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।

६.  श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।

७.श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।

८. श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।

९. बेला बेला घुम्न लैजाने।

१०. श्रीमतीले बोलेको जोक्समा हाँस्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।

११. श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

१२. अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हाँस्ने र चुलो चौकामा साथ दिने।

१३. फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने।

१४. काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।

१५. आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।  एजेन्सी

 

प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्