कपडाको माक्सलाई कसरी सुरक्षित बनाउने ?
बजारमा सर्जिकल माक्स नपाउन पनि सक्छ, यस्तो बेलामा महामारीबाट बच्न कपडाको माक्स लगाउन पनि सकिने चिकित्सकहरु बताउछन ।
कपडाको माक्स लगाउदा साबधानी भने निकैनै अप्नाउनुपर्ने उनीहरुको भनाई छ ।
कपडाको माक्सलाई कसरी सुरक्षित बनाउने ?
😷 मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
😷 मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न
😷 मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने
😷नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने
😷 सकभर मास्कलाई हातले नछुने
😷 डोरी मात्र समाई मास्क फुकाल्ने
😷 कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने
😷 मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
😷 प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने