Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुसँग बिहे गर्नुपर्ने माग गर्दै प्रेमीको घर बाहिर धर्ना बस्दै महिला

संसारमा धेरै थरिका मानिसहरु बस्ने गर्दछ । उनीहरुको आनीबानी तथा व्यवहार साथै गर्ने कार्य फरक किसिमको हुने हुन्छ ।

अहिलेको समयमा केहिमानीस अरु मानिसभन्दा भिन्न कार्य गर्न खोजीरहेका हुन्छन् । यस्तै कार्य भारतमा एक युवतीले गरेकी छन् ।

प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरकी एक महिला धर्नामा बसेकी छन् । भारतीय सञ्चार माध्ययम अमर उजालाका अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन।

विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइरहेकी छन्।

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताउँदै आएकी छन। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताउँदै पन्छिन खोजेको खवरमा उल्लेख छ ।

आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीको भनाई छ। तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको खवरमा उल्लेख छ ।

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले सञ्चार माध्ययमा जनाएकी छन् ।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्