Logo
२५ बैशाख २०८१, मंगलबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली चलचित्र ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत रिलिज

नेपाली चलचित्र ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज भएको छ ।

गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जङ्ग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको छ ।

गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्र मानव सुवेदीको सङ्गीत छ भने सुशील सुबेदीको शब्द रहेको छ ।

नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी वीनर अनु थापाले यसमा सिन्धुपाल्चोकबाट काठमाडौ आएर चिया बेच्ने युवतिको भुमिका निर्वाह गरेकी छिन् ।

फिल्म ‘चिनी कम रंग कडा’ले दर्शकको मन जित्छ, केही समयपछि नेपालमा नेपाली दर्शकले पनि हेर्न पाउने निर्देशक विवेक घिमिरेको भनाई छ ।

“चिनी कम रङ्ग कडा”मा याचोपो रचलिक र लुका मौचेरीको छायाङ्कन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।गणेशदेब पाण्डेको लेखन र निर्माण रहेको यो फिल्म अहिले अमेजन प्राइम भिडियो मार्फत अमेरिका र बेलायतमा प्रदर्शन सुरु भएको छ ।

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्