Logo
२२ बैशाख २०८१, शनिबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक दानाको मुल्य ४ लाखभन्दा बढी पर्ने संसारकै महंगो आँप

अहिले फलको राजाको उपमा पाएको आँपको सिजन चलिरहेको छ । बजारमा थरिथरिका आपहरु बजारमा आइरहेको छ ।

हामीले बजारमा राम्रो राम्रो आँप थरिथरिका किन्न पाइन्छ । हामी यसबेला विभिन्न स्वादका आँपहरु चाख्ने गर्दछौँ ।

तर संसारमा यस्तो आँप पनि छ जुन हजुरहरुलाई थाहा नहुन सक्छ हामी त्यो आँपको कुरा गर्न गइरहेका छौ । विश्वको सबैभन्दा महंगो आँपको स्वाद चाख्न ४ लाख भन्दा धेरै खचै गर्नुपर्छ भन्दा तपाईलाई अचम्म लाग्ला ।

यो सबैभन्दा महंगो आँप जापानको रहेको छ । जापानको मियाजाकी प्रान्तमा यो आँप फल्ने गर्दछ । यो आँप हरेक वर्ष पहिलोपटक फल्दा लिलाम हुने गर्दछ ।

यो आँप चाख्न मात्रै पनि मानिसहरुको पसिना आउँछ । किनभने यो आँप धेरै नै महंगो रहेको छ । ताईयो नो तामागो नामको यो आँप धेरै नै महंगो छ ।

सन् २०१७ मा यो आँप पहिलोपटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो । जसमा आँपको तौल ३५० ग्राम थियो ।
यो आँप अडर अनुसार उत्पादन गर्ने गरिन्छ ।

यो आँप आधा पहेलो आधा रातो हुने गर्दछ । यो आप बनाउन विशेष टनेल साथै छोटो जालीको आवश्यकता पर्छ । जहा घामका किरण चारैतिर पर्ने व्यवस्था मिलाइएको हुन्छ ।

साथै बोटलाई तलझर्न नमिल्ने गरि व्यवस्थापन गरिएको हुन्छ । यो आप पुरै पाकेर जालीमा झरेपछि मात्र विक्रि गरिन्छ ।(पत्रपत्रिका)

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्