Logo
२२ बैशाख २०८१, शनिबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरीरमा रुखका जरा उम्रिएपछि २५ पटक गरीयो अपरेसन

यस संसारमा मानिस अनेका प्रकारका बस्ने गर्दछन् । यस संसारमा मानिसले कोहीले रहरले त कोहीको बाध्यताले अचम्म अचम्म काम गरिहेका हुन्छन ।

कोही आगोमा हाम फाल्छन् भने कसैले खानेकुरा काँचै खान्छन् । तर एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भगवानले संरचना नै फरक ढंगले बनाइदिएका छन् ।

आज हामी शरीरमा रुखका जरा उम्रिएका व्यतिको चर्चा गर्ने छौ । अब्दुल बजनदार बंगलादेशको हो । उनको शरीरमा रुखका जरा उम्रिएका छन् ।

अब्दुल बजनदारको शरीरको संरचना नै सामान्य मानिसको भन्दा अर्कै छ । वास्तवमा उनी रोगले गर्दा शरीर बिग्रिएको हो । आफ्नो अनावश्यक शरीर देखेर निकै चिन्तित छन् उनी ।

रोगको कारण हात र खुट्टामा रुखका हाँगा जस्ता आकृति उम्रिरहेको छ । उनले यसको उपचारमा २५ पटक अपरेसन गरिसकेका छन् ।

यद्यपि समस्या भने कम भएको छैन् ।उनले दुखाई धेरै हुनाले रातभर सुत्न नसकेको बताउदै आएका छन् । अब्दुलले डाक्टरले हात काटेर फालिदिए केहि राहत हुने आशामा बाचेका छन् ।

यस्तो अजिबको रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्