Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा अधिकृत स्तरभन्दा माथिका १६८२ अस्थायी दरबन्दी स्वीकृत

सरकारले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने अधिकृत स्तरभन्दा माथिका राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा १ हजार छ सय ८२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने अधिकृत स्तरभन्दा माथिका विभिन्न पदमा अस्थायी दरबन्दी सिर्जना गरेको हो ।

जसअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाका लागि तीन सय ६७, खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरूका लागि १५ र अन्य १२ आयोजनाका लागि दुई सय २३, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र रेल विभाग अन्तर्गत सञ्चालन हुने ५२ वटा आयोजनाका लागि तीन सय ७७ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रमका लागि सात सय १५, अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रालयद्वारा सञ्चालित यस्ता कार्यक्रमहरूका लागि आवश्यक अधिकृत स्तरभन्दा माथिको पदका लागि मन्त्रिपरिषदबाटै स्वीकृत गराउनु पर्ने हुन्छ ।

छोटो समयका लागि स्वीकृत गरिएका यस्ता दरवन्दीहरुमा सकेसम्म स्थायी कर्मचारीबाटै लिनुपर्ने र सोबाट लिन नसकिने अवस्था भएमा मात्रै बाहिरबाट राख्नुपर्ने भए पनि पछिल्लो समय आफ्ना तथा आफन्तहरूको व्यवस्थापनका लागि सकेसम्म बाहिरैबाट बढी राख्ने गरिएको छ ।

र, अनेकन् स्वार्थहरू जोडेर त्यस्ता आयोजनाहरू समयमै फत्ते गर्नतिर भन्दा पनि निरन्तरता दिनतर्फ पनि केही निकायहरू उद्यत देखिन्छन् ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्