Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Ncell Company ले ल्यायो ‘नयाँ सजिलो सिम’ योजना

एनसेल प्रा.लि कम्पनीले आफ्नो नयाँ योजना ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ ।

यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ मुख्य ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन् ।

नयाँ ग्राहकले करसहित मात्रै ९९ रुपैयाँमा यो सिम लिन सक्ने छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने कम्पनीले जनाएको छ ।

‘प्लस’ योजनाले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने एनसेलको दावी छ ।

यो नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मुख्य ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने छन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

यो नयाँ सिमको प्रमुख विशेषता भनेकै सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्