Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ बजारमा ल्याउँदै

विश्वमा पछिल्लो समयमा टिकटकले बजारमा लोकप्रियता पाइरहेको छ । मानिसहरुले आफ्नो मनोरञ्जनको साधनको रुपमा पयोग गरिहेका हुन्छन् ।

भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकप्रियताले गर्दा अहिले विश्वका प्रविधि कम्पनीहरुलाई लोभ्याएइ रहेको छ ।
पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ ।

शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ हुनेछ ।

आगामी अगष्ट महिनामा अमेरिका तथा अन्य ५० वटा देशमा रील्स लञ्च हुनेछ । स्मरणरहोस् इन्स्टाग्रामले गत हप्ताबाट भारतमा रील्सको परीक्षण सुरु गरेको छ ।

भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको परिप्रेक्षयमा इन्स्टाग्रामले भारतमै रील्सलाई परीक्षणका रुपमा सुरुआत गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

इन्स्टाग्रामको भिडियो शेयरिङ फिचर रील्समा प्रयोगकर्ताहरुले १५ सेकेण्डको भिडियो रेकर्ड गर्न, इडिट गर्न, त्यसमा आफूलाई मनपर्ने संगीत तथा अडियो हालेर स्टोरिज तथा इन्स्टाग्रामको एक्सप्लोर फिचरमा अपलोड गर्न सक्नेछन् ।

अन्य एपका विविध फिचरहरुको सिको गर्नमा इन्स्टाग्राम र यसको मातृ कम्पनी फेसबुक अगाडि छन् । सन् २०१६ मा फेसबुक तथा इन्स्टाग्रामले स्टोरीज फिचर लञ्च गरेका थिए जसमा प्रयोगकर्ताहरुले २४ घण्टामा आफैं हराउने सामग्री शेयर गर्न सक्दछन् ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामीहरु सदैव मानिसले के चाहन्छन् भन्ने कुरा हेर्दछौँ र प्रयोगकर्ताका अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि नयाँ उन्नयन गर्दछौँ । मानिसहरुका चाहनलाई मध्यनजर गर्दै स्नाप, टिकटकलगायतका प्लाटर्फमहरु सिर्जना गरिए । तर त्यो काम हामीले ती प्लाटर्फमहरुले भन्दा इन्स्टाग्राममार्फत नयाँ ढंगले पूरा गर्न सक्दछौँ र हाम्रो समुदायको माग सम्बोधन गर्न सक्नेछौँ ।’

इन्स्टाग्राममा यो फिचर निकै लोकप्रिय बन्यो र त्यसको ८ महिनामै इन्स्टाग्राम स्टोरिज फिचरका प्रयोगकर्ताको संख्याले स्नापच्याट प्रयोगकर्ताको संख्यालाई पछि पारेको थियो ।

सन् २०१८ मा त्यो संख्या दोब्बर बनेको थियो ।टिकटकको बढ्दो लोकप्रियताको सिको गर्नेमा इन्स्टाग्राम मात्र एक्लो छैन ।

युट्युबले समेत आफ्नै टिकटक बनाउँदैछ, जसको नाम शर्टस् राखिएको छ । सन् २०२० को अन्त्यसम्ममा युट्यबुको शर्टस् सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्