Logo
२२ बैशाख २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार पढ्दापढ्दै वाचिकाको दात नै फुस्किएपछि …!

मानिसलाई कुन बेला के हुन्छ थाहानै हुदैँन किन भने हाम्रो जीवनमा प्राय घटना हामीले सोचेको भन्दा अलग किसिमले घटेका हुन्छन् ।

त्यस्तै घटना युक्रेनमा एक समाचार वाचिकालाई आफ्नो लाइफमा घटेको छ ।  युक्रेनमा एक महिला समाचार वाचिकाले प्रत्यक्ष समाचार वाचन गरिरहेका बेला उनको एउटा दाँत फुस्किएको छ।

उनले पढदापढ्दै अकल्पनीय घटनाको सामना गरेकी छन् । ती समाचार वाचिका नाम मरिच्का पाडाल्को हो। उनले आफ्नो त्‍यो घटनाको भिडियो आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी छिन्।

उनले उक्त भिडयो पोस्ट गर्दै उनले भनेकी छिन्, ‘यो मेरो समाचार वाचिकाको रुपमा २० वर्ष काम गर्दाको सबैभन्दा अकल्पनीय र अनौठो अनुभव हो।’

उनले आफ्नो दाँत झर्दा समेत कुनै आश्चर्य नमानीकन समाचार पढ्दा साथीहरुले ‘तिमीले त दिनहुँ आफ्नो दाँत झर्छ जस्तो पो गर्‍यौ’ भनेर प्रतिक्रिया दिएका छन्।

दाँत फुस्किँदा समेत उनले समाचार वाचन पूरा गरेकी थिइन्। उनको त्यो दाँत फुस्किएको दृश्‍यले समाचार हेरिरहेका सर्वसाधारण भने भावुक बनेका थिए।

समाचार पढिरहेको भिडियोमा उनको अगाडिको माथिल्लो पट्टिको भाग खुस्किन्छ। तर पनि उनी समाचार वाचन गर्न छोडदिनन्।

उनले बरु आफ्नो फुस्किएको दाँतलाई हातमा लिन्छिन् र अनुहारमा कुनै परिवर्तन नल्याई पहिलाको जस्तै समाचार वाचन पूरा गर्छिन्।

केही वर्षअघि छोरीले घडीले हान्दा उनको उक्त दाँत कमजोर भएको थियो। (एजेन्सी)

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्