Logo
१५ बैशाख २०८१, शनिबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेशियामा एक युवाले गरे एकै पटक २ जना प्रेमीसँग विवाह

मानिसको प्रकृति नै जटिल किसिमको हुने गर्दछ । मानिसको सामाजिक जिवनमा एक महत्वपूर्ण कार्य मध्ये विवाह पनि एक हो ।

तर विवाह प्रति मानिसको धारणा भन्ने भिन्न भिन्न किसिमको हामीले पाउने गर्दछौँ । सामान्यतया विवाह भनेको एकजनासँग मात्र हुने गर्दछ र उसैैसँग जुनिसम्मसँगै बाच्ने कसम खाइन्छ ।

तर यहि विवाहको घटनालाई लिएरइन्डोनेशियामा एक युवाले सबैलाई चकित बनाएका छन् । इन्डोनेशियामा एक व्यक्तिले एकै पटक दुई युवतिसँग विवाह गरेका छन् ।

एकै मण्डपमा एक पुरुषको दुई युवतिसँग भएको विवाह सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । एक युवा २ युवतिसँग एकैपटक डेटमा गइरहन्थे । दुवैको माया धेरै लागेकोले कसैको पनि मन नदुखाउन दुवैजनासँग विवाह गरेका हुन् ।

इन्डोनेशियामा एक पुरुषले ४ महिलासँग विवाह गर्न सक्ने नयाँ कानुन बनेको छ । ती पुरुषले दुवैको मन दुखाउन नचाहेकोले दुवैसँग विवाह गरेको अन्र्तवार्तामा बताएका छन् ।

एक मिडियाको अनुसार युवतिका परिवारहरुले पुरुषलाई दाइजो स्वरुप धेरै पैसा पनि दिएको बताएका छन् । इन्डोनेसियामा दुलहीको पक्षबाट दुलाहाको पक्षलाई दाइजो दिनु सामान्य कुरा हो ।(एजेन्सी)

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्