Logo
१७ बैशाख २०८१, सोमबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उखेलेर फालिएको नेपाल-भारत सीमा स्तम्भ पर्साको ठोरीमा फेरि गाडियो

प्रदेश २ स्थित पर्साको ठोरी गाउँपालिका वडा नम्बर-२ मा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा उखेलेर फालिएको सीमा स्तम्भ फेरि गाडिएको छ। उखेलेर फालिएको ४३६ नम्बर पिल्लर पनि ठोरी गाउँपालिका-२ स्थित सीतागुफा भन्ने स्थानको नजिकै पर्दछ।

शनिबार दिउँसो उखेलेर फालिएको सीमा स्तम्भ फेरि सोही स्थानमा शनिबार राति गाडिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए।

शनिबार राति नेपाल र भारतका प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहबरमा सीमा स्तम्भ गाडिएको दाहालले बताए।

सीमा स्तम्भ उखेलेर फालिएको थाहा पाएपछि ठोरी गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी लगायतको टोली त्यहाँ पुगेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मभूमि ठोरीमा भएको अभिव्यक्ति दिएपछि अहिले ठोरीमा भगवान राम र सीताको नाममा रहेको विभिन्न स्थानहरु चर्चामा आएका छन् ।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्