Logo
१५ बैशाख २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! अब इटालीमा ८० रुपैयाँमा नै घर खरिद गर्न सकिने

मानिसको आधारभुत आवश्यकता भनेको गास बास कपास हो । बास मानिसको लागि एकदम महत्वपूण हो । त्यसैले हरेक मानिसको सपना हुन्छ राम्रो घर बनाएर बस्ने तर कोहिले पुरा गर्छन् त कोहीले पुरा गर्न सक्दैनन् ।

कहिले पैसाको कारण त कहिले अन्य कारणले भनेको जस्तै हुँदैन । आफ्नो जग्गा अनुसार कहिलेकाही घर बनेको हुँदैन । तर इटलीमा भने अब ८० रुपैयाँमा घर किन्न सकिन्छ । वास्तविक कुरा हो ।

इटलीको द्धिप सिसिलीमा भएको एक नगर परिषद विदेशीन लागेका मानिसहरुलाई रोकी संबुका गाउँमा बस्न सहयोग गरीरहेको छ । यो गाउँमा भएको घरको मुल्य १ युरो वा ८० रुपैयाँ तोकिएको छ ।

संबुका गाउँमा घट्दै गएको जनसख्या र आवादीलाई मध्य नजर गर्दै यस्तो योजना ल्यााएका हुन् । जुन घर खाली हुन्छ त्यो घर ८० रुपैयाँमा बेचिदिन्छन् ।

५८ सय जनसख्या भएको उक्त स्थानका सबैजना मानिसहरु शहरमा बसोबास गर्न जाने क्रम बढ्दै गएको छ । नगर परिषदले कानुनी कारबाही पुरा गरेर विदेशीहरुले खरिद गरिरहेका छन् । पत्रकार, लेखक, संगीतकार, र राम्रा मानिसहरुले धमाधम घर खरिद गरिरहेका छन् ।(एजेन्सी)

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्