Logo
१६ बैशाख २०८१, आईतबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोक्सो स्वस्थ राख्नको लागि यी खानेकुरा सेवन गर्नुहोस् !

अहिलेको आधुनिक युगमा मानिसहरु बढी कृतिमबस्तुहरु बढी खाने गर्छन तर आधुनिकसँगै बढाएको व्यस्तताले हामीले प्रयाप्त मात्रा शरिरको हेरचाह गर्न सकिरहेका हुदैनौ त्यस कारण हामी जानीनजानी हाम्रो शरिरका अंगहरु खराब गरिरहेका हुन्छौ ।

अधिकांर्श रोगहरु हाम्रो खानपनिको लार्पवाहीको कारण लाग्ने गर्दछन् त्यसकारण आज हामी हजुरसामु फोक्सो स्वस्थ राख्न के के खाने भन्ने विषयमा चर्चा गर्न गइरहेका छौ ।

फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो । फोक्सो  श्वासप्रश्वासमा भागलिने अंग हो ।पछिल्लो समय प्रदुषित बातावरण र खानपानका कारण फोक्सो सम्बन्धि समस्यभेका मानिसहरु बढ्दो क्रममा रहेका छन।

यदि हाम्रो फोक्सो स्वस्थ भएन भने हामीलाई स्वासप्रश्वास संम्वन्धी रोग लाग्छ सो कारण हामीले फोक्सोको सुरक्षाको निमित केके खाँदा फाइदाजनक छन् तिनको हामी तल चर्चा गर्छौ ।

अदुवा

अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।

सिस्नु

सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।

सुन्तला
सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।

प्याज
प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।

मकै

मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पुर्‍याउँछ ।

जरीबुटी
सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।

भिटामन सीयुक्त खाना
सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।

पिस्ता
पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्