Logo
२ जेष्ठ २०८१, बुधबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज साउने सङ्क्रान्ति पर्व मनाईंदै

आज साउन १ गते हाम्रो समाजमा साउने सङ्क्रान्ति पर्व मनाईंदैछ । आज सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

हाम्रो जस्तो देश कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने पनि गरिन्छ ।आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास छ ।

कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पति बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ ।

कोरोनाको कारण यस बर्ष पहिले जस्तो रमाइलो गरेर मानीसहरुले  पर्व मनाउन पाएका छैन् तर पनि आआफ्नो घरमा खुसी हुने प्रयास गरेका छन् ।

विशेष गरेर साउनको महिना खास मान्ने गरिन्छ किनभने यस महिनामा महिलाले हरिया चुरा लगाउनुका साथै हातमा मेहन्दी लगाएर उनीहरु शिवको वर्तबस्ने गर्दछन् ।

साउनमा कुनै पनि जुठो कुरा नखाइ किन बर्तबस्ने गर्दछन् र यस महिना शिवको मन्दिरमा पुजा हुने गर्दछ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ ।

तर यो वर्ष कोरोना संक्मणका कारण भिडभाडमा जान नहुने भएपछि शिवालय लगायतका ठाउँमा चहलपहल छैन ।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्