Logo
१६ बैशाख २०८१, आईतबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रिटिश संसद हलमा बसेको चिम्पान्जीको पेन्टिङ ८६ करोडमा बिक्रि

अहिलेको अवस्थामा मानिसहरु धरै आधुनिकतातर्फ गइरहेका छन् तर पनि पहिला कोरीएका र्दुलभ कलाकौशल तिर पनि आकर्षण बढ्दोक्रम देखिएको छ त्यसैले त्यस्ता कलाकृर्ती आश्चर्यजनक मूल्य तिरेर किनीरहेको हामीले सुनेका छौ पछिल्लो समयमा त्यस्तै घटना लन्डनमा पनि एक पन्टिङलाई लिएर भएको छ ।

लन्डनको एक पेन्टरले पेन्टिङ गरेको ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा बसेको चिम्पान्जीको तस्वीर सन् २००९ मा सिर्जना गरेका थिए ।

१३ फिट उचाई भएको उक्त पेन्टिङको सबैजना फ्यान भएका छन् । डेभलप पार्लियामेन्ट नाम छान्न १० मानिस लागेका थिए तर बिक्रि हुन १३ मिनेट पनि लागेन ।

शुरुवातमा पेन्टिङको मुल्य १३ करोड बाट २० करोड राखिएको थियो । तर सोथेबीको आक्शन हाउसमा ८६ करोडमा बिक्रि भयो । उक्त पेन्टिङलाई पहिला अर्कै नाम राखेका थिए । तर चित्र बनाउने कलाकारले आफ्नो नाम गोप्य राखेका छन् ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्