Logo
२ जेष्ठ २०८१, बुधबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलिदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी घर विदा

काठमाडौं : साउन १ बाट निजी विद्यालयहरुले सम्बोधन नभएको भन्दै अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन-प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।

शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

अब भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

कोभिड १९ बाट बच्न गत चैत ११ गते बाट सरकारले जारी गरेको लकडाउन पछि पठनपाठन प्रभावित बनेको छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्