Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना माहामारी शुरु भएपछि राष्ट्रपति ट्रम्पद्वारा पहिलो पटक मास्कको प्रयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि  मास्कको प्रयोग गरेका छन् ।

यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका हुन् ।

उनले यसअघि आफूले मास्क नलगाउने बताएका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास समेत गरेका थिए ।

गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन ९सीडीसी०’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आएका थिए ।

तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उनले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टर मार्फत् गएका थिए । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उनले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए ।

उनी घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर रहेको सो अस्पतालमा गएका हुन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्