Logo
१६ बैशाख २०८१, आईतबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौनक्रिडामा बाधा पुर्‍याएको भन्दै आफ्नै बच्चालाई जिउँदै गाड्ने दम्पत्ति पक्राउ

अहिलेको बर्तमान समयमा मानिसले कुन बेला के गर्छ थाहानै हुदैन त्यस्तै एक घटना अर्जेन्टिनामा घटेको छ । अर्जेन्टिनाका एक जोडिले आफ्नै दुई वर्षको बच्चालाई जिउँदै गाडेका छन् ।

घुम्नका लागि दुई वर्षिय बच्चासहित अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एक समुद्री किनारमा पुगेको उक्त जोडि यौन क्रियाकलापमा लिप्त भएका थिए ।

यौन क्रियाकलापमा व्यस्त उनीहरुलाई बच्चाले बाधा पुर्‍याएको भन्दै जिउँदै घाँटीसम्म बालुवामा खाडल खनेर गाडिदिएका थिए । यसो गर्नुको कारण थाहा पाएपछि त्यहाँका मानिस एंवम प्रहरी समेत चकित परेका छन् ।

क्षणिक आनन्दका लागि उनीहरुले गरेको यस्तो हर्कतले वरिपरिका मानिसहरु अचम्मित हुनुका साथसाथै त्रसित थिए । सो घटनालाई नियालेका केही मानिसहरुले प्रहरीलाई खबर गरिदिएका थिए ।

घटनाको खबर पाए लगत्तै ४५ मिनेट भित्र उक्त स्थानमा पुगेको प्रहरीले चर्को घाममा गाडिएको बच्चा फेला पारेको थियो । सो बच्चा भोक र प्यासले तड्पीरहेको पाइएको प्रहरीले जनाएका छन् ।

आफ्नै बच्चामाथि यस्तो क्रुर व्यवहार गर्ने दम्पत्ति देखि सबै मानिस अचम्ममा परेका छन् । नाम नखुलाइएका २९ वर्षका बच्चाका बुबा अर्जेन्टिनाकै हुन् भने २९ वर्षकी आमा प्रागकी हुन् ।

बच्चालाई उद्दार गरिसकेपछि प्रहरी यौनक्रीडामा लिप्त जोडीलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको झोला जाँच गर्दा झोलाभित्र विभिन्न प्रकारका नसालु औषधि पनि फेला परेको प्रहरीले बतायो ।

यौनक्रीडाका लागि बच्चाले बाधा पुर्‍याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँटीसम्म गाडेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

मानिसहरुका अनुसार उनीहरुको साथमा अन्य एक पुरुष समेत रहेका थिए । प्रहरी पुगेसँगै उक्त पुरुष भने फरार भएका थिए ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्