Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्यु भएको छ ।

यो सँगै ब्राजिल यस कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ ।

ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्