Logo
१५ बैशाख २०८१, शनिबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणबाट बच्न लगाए सुनको मास्क

बर्तमान समयमा मानिसले अरुभन्दा केहि भिन्न देखिने प्रयास गरिरहेको अवस्थामा त्यस्तै कोरोनाको महामारीका बीचमा केही रोचक घटनाहर पनि भइरहेका छन् ।

केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यही बिचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् । उनलाई गोल्डेन म्यान भनेर पनि चिनिन्छ । सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छन् ।

शंकरका अनुसार यो मास्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नहोस् । यद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा आफू नै विश्वस्त नभएको उनले बताएका छन् ।

शंकरले अहिले बनाएको मास्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भारतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्