Logo
२० बैशाख २०८१, बिहीबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन अमेरिकाको लागि ‘अहिलेसम्मकै सबैभन्दा ठूलो दीर्घकालीन खतरा’ : एफबीआई

अमेरिकी गुप्तर एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचनाको चोरीका कारण चीन सरकार अमेरिकाको भविष्यको लागि ‘अहिलेसम्मकै सबैभन्दा ठूलो दीर्घकालीन खतरा’बताएका छन् ।

वाशिङ्टनमा रहेको हड्सन इन्स्टिच्युटमा बोल्दै एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचनाको चोरीका कारण चीन सरकार अमेरिकाको भविष्यको लागि ‘अहिलेसम्मकै सबैभन्दा ठूलो दीर्घकालीन खतरा’ भएको बताएका हुन् ।

चीनले कैयौँ प्रकारको अभियान चलाइरहेको, विदेशमा रहेका चिनियाँ नागरिकलाई निसाना बनाउन सुरु गरेको, उनीहरुलाई स्वदेश फर्कन दबाब दिएको र कोरोना भाइरससम्बन्धी अनुसन्धानमा अमेरिकालाई बाधा पुर्‍याउने कोसिस गरेको उनले दाबी गरेका छन् ।

क्रिस्टोफर रेले भने, ‘चीन जसरी पनि विश्वको एक्लो शक्तिशाली राष्ट्र बन्न लागिपरेको छ ।’ चीनको यो खतराको बारेमा आउँदो हप्तामा अमेरिकी अटर्नी जनरल (महान्यायाधिवक्ता) र विदेश मन्त्रीले पनि ध्यान दिने एफबीआई निर्देशकले बताए ।

अमेरिका र चीनबीच कोरोना महामारी र चिनियाँ एप्लिकेसन्सलाई लिएर तनाव उत्कर्षमा पुगेको बेला एफबीआईका निर्देशकको यो भनाइ सार्वजनिक भएको हो ।

यसका साथै पछिल्लो हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिका चिनियाँ एप्लिेकसन्स प्रतिबन्ध लगाउनेबारेमा विचार गरिरहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारीलाई लिएर लगातार चीनको आलोचना गर्दै आइरहेका छन् र सोझै महामारी फैलिनुमा चीनको हात रहेको आरोप लगाउँदै आइरहेका छन् ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्