Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दोक्रममा रहेको भन्दै राष्ट्रसंघका विज्ञको चिन्ता

जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् ।

वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जूनोटिक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका हुन् ।

कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् ।

अहिले विश्वव्यापी महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना गरेको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको भनाई छ ।

पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् ।

जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको मृत्यु हुने गरेको छ । कोभिड-१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् ।

यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेश्नल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफैं मानिसमा भने नसर्ने उल्लेख छ ।

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षय हुने मानवीय गतिविधिलाई कारक ठानेको छ ।

उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ ।

राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले का अनुसार “बितेको एक शताब्दीमा कम्तीमा छ वटा नयाँ प्रजातिका कोरोना भाइरसको महामारी देखेको र त्यो जुनोटिक डिजिज भएको” उनी बताउँछन् ।

न्यून तथा मध्यम आय भएका देशहरुमा यस्ता जुनोटिक रोगहरूका कारण हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उनले बताए ।

प्रतिवेदनले सरकारहरूलाई भविष्यमा महामारी रोक्न आवश्यक रणनीतिबारे बताएको छ । तिनमा दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी रहेका छन् ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्