Logo
१९ बैशाख २०८१, बुधबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो ।

तर पछि पहिरो गएको स्थलबाट थप शवहरु निकालिएको छ । सूचना मन्त्रालयले बिहीबार बिहानको सो पहिरोमा परी ज्यान जानेको संख्या बढेर ११३ पुगेको जानकारी गराएको हो ।

कचिन राज्यको हपाकांत टाउनशिपस्थित गाउँमा रहेको जेड खानी क्षेत्रमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको थियो ।

पहिरो आइएको समयमा सो खानीमा ठूलो संख्याका कमदारहरुले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ ।

सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको काम जारी नै रहेको बताएको छ । उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन् ।

प्रहरीले भने यस विषयमा थप जानकारी आउन बाँकी नै रहेको जनाएको छ । अधिकारीहरुले सन् २०१६ को नोभेम्बरमा पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् ।

केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ ।

त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्