Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँचीमा सलहको ठूलो समूह देखियो, स्थानीयद्धारा धुँवैधुवा बनाएर भगाउने प्रयास

अर्घाखाँचीमा सलहको ठूलो समूह देखा परेको छ । जिल्लाको सन्धिखर्क नगरपालिकाको हटारिनेटामा मकैबालीमा छपक्कै सलह किरा बसेका छन् । स्थानीले सलहलाई भगाउन आगो बालेर धुँवैधुवा बनाएपनि भागेको छैन । कतिपयले सलह समातेर बोतलमा राखेका छन् । बालबालिका पनि सलह समात्दै खेलिरहेका छन् ।

आकाशमा पनि प्रशस्त मात्रामा सलह उडेको देखिन्छ । सन्धिखर्क नगरपालिक– १ हटारिनेटाका रामबहादुर कुमालले भने,‘सलहले मकैँ सखापै परेको छ, जति जेजे गरेनि भागेन् ।,’ अर्घाखाँचीमा सलह जिल्लाका अधिकांश भेगमा पुगेको छ । जिल्लाको कुर, ढिकुरा, झन्द्रेक, धनचौँर लगायतका स्थानमा सलहले खेतमा भएको मकैँ नष्टै पारेको छ । सलहले जिल्लाभर केकति क्षती पु-याएको भन्नेबारे स्थानीय प्रशासनले खुलाएको छैन ।

 

 

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्