Logo
२६ बैशाख २०८१, बुधबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा भेटिएको सलहको झुण्ड नेपालमा भेटिएको मध्येकै ठूलो, धान र मकै बालीमा पुर्‍यायो क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ । आइतबार ४ बजेतिर प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्‍याएको हो। जिल्लाको बुद्ध भूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा सलह भेटिएको छ ।

कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्‍याएको जनाएको छ । नगरको ११ वडाका वडा सदस्य छबिलाल पराजुलीले सलहको ठूलो बथान आएको र यसले मकै र रोपेको खेतमा क्षति पुर्‍याएको जानकारी दिए ।

जिल्लामा सलह भेटिएको र क्षतिको विस्तृत विवरण आईनसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सलहको अवस्था पहिचान गर्न प्राविधिकहरु परिचाल गरिए पनि नियन्त्रणको प्रयास भने सुरु भईनसकेको उनले बताए ।

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्