Logo
२० बैशाख २०८१, बिहीबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोबाइलको पासवर्ड नदिएपछि श्रीमानको शरिरमा पट्रोल खन्याउदै श्रीमतीले लगाइन आगो

विज्ञानले मानिसको जिवन परिर्वतन गरीरहेको छ । समयको परिर्वतनसँगै मानीसले विभिन्न उपकरणहरु प्रयोग गरीरहेका हुन्छन् त्यहि मध्ये सबैले प्रयोग गर्ने मोवाइल प्रमुख मानिन्छ ।

अहिलेको समयमा फोन आम मानिसको एक अभिन्न साधनको रुपमा प्रयोग हुँदै आएको छ । फोन भित्रका आफ्ना नीजि जिवनसंग जोडिएको कुरा अरुले हेर्ने नपाउँन भनेर हामीले फोनमा पासवर्डको प्रयोग पनि अवश्य गर्छौ होला ।

हामी मध्ये कतिपयले आफ्नो प्रेमी वा प्रेमिकालाई समेत फोनको पासवर्ड बताउनु पर्ने आवस्था पनि हुन सक्छ ।

यदि पासवर्ड साटाँसाट गर्न मान्नु भएन भने प्रेममा केहि तलमाथी रहेको आशंका समेत गरिनु अहिले कुनै नौलो कुरा भने अवश्य रहेन ।

तर, यहाँ भने आफ्नै श्रीमतीलाई फोनको पासवर्ड नदिदाँ एक जना पुरुषले ज्यान नै गुमाउनु परेको छ ।

घटना केहि समय पहिलेको हो । ईन्डोनेसियाका एक जोडी बिच फोनको पासवर्डकै कारण सम्बन्धमा मात्रै दरार आएन बरु श्रीमानले ज्यान नै गुमाउनु परेको छ ।

समाचारमा जनाइए अनुसार आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएको घटना सार्वजनिक छ ।

पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए ।

त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले ।

झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् ।

घटनाको दुई दिनपछि उनको निधन भयो ।पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् ।

त्यसपछि डेडी पुरनामा नराम्ररी जले । उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो ।

प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्