Logo
१५ बैशाख २०८१, शनिबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतै तपाईले खाँदा यी बोक्राहरु फालिरहनु भएकोत छैन? जान्नुहोस् यि १० बोक्राका फाइदाहरु

हामीले कुनै पनि फलफूल तथा तरकारी प्रयोग गर्दा बोक्राफाल्ने गर्दछौ तर तिनै फोहोरकारुपमा फालेका बोक्रालाई हामीले प्रयोग गर्न जान्यो भने हाम्रो सुन्दरता बढाउन सहयोग गर्दछ ।

कुनै फलका बोक्रामा रहेको न्यूट्रिएट्स जस्ता एन्टीओक्सिडेन्ट अधिक मात्राले सुन्दरता बढाउँन सहयोग गर्छ भने कुनै औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

हामीले फालेका यस्ता बोक्रालाई सुकाएर वा पानीमा घोलेर प्रयोगमा ल्याउन सक्छौ ।आज हामी  १० फरक बोक्रालाई कसरी प्रयोग गर्न सकिन्छ त्यसको फाइदा के हुन्छ भनी जान्ने छौ ।

जसको चर्चा तल एक एक गरेर गर्ने छौ  –

१. अनारको बोक्रा –

अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । फेरि त्यसलाई पानीमा राखेर उमाल्नुहोस् । मनतातो भएपछि कुल्ला गर्नाले घाटी दुख्ने समस्याबाट राहत मिल्छ ।

२.ओखरको बोक्रा –

ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा उमालेर त्यसको पेस्ट बनाई कपालमा लगाउनुहोस् । यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्छ ।

३. केराको बोक्रा –

केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कन्छ ।

४. काँक्राको बोक्रा –

काँक्राको बोक्रा छिलेर पिस्ने । त्यसलाई आँखाको तल्लो भागमा लगाउने र १० मिनेटपछि धुने गर्दा ‘डार्क सर्कल’ हटाउँन मद्दत गर्दछ ।

५.लसुनको बोक्रा –

लसुनको बोक्रालाई पानीमा उमाल्ने । पानीलाई मनतातो बनाएर कपाल धोएमा कपाल बढ्छ ।

६. प्याजको बोक्रा –

प्याजको बोक्रालाई पानीमा उमाल्ने । त्यसपछि उमालेको पानी कपडालाई रंगाउनको लागि प्रयोग गर्न सकिन्छ ।

७.अन्डाको बोक्रा –

अंडाको बोक्रालाई सब्जी तथा फलफूलसँगै राख्नाले चाँडै बिग्रने हुदैन ।

८. कागतीको बोक्रा –

कागतीको बोक्रामा बेकिङ सोडा हालेर हात-खुट्टामा घोट्ने । यसले घामबाट डढेको वा कुनै छालाको कालोपनालाई हटाउँछ ।

९.आलूको बोक्रा –

आलुको बोक्रामा ब्लिचिङ्ग एजेन्ट्स हुन्छ, जसलाई छालामा लगाउनाले घामको कडा किरणबाट बचाउँछ ।

१०. सुन्तलाको बोक्रा –

सुन्तलाको बोक्रालाई सुकाएर पिस्ने । यसमा दही मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि धुनुहोस्, तपाई अनुहारमा चमक आउँछ ।

 

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्