Logo
१९ बैशाख २०८१, बुधबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

दैलखको दुल्लु नगरपालिका-३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

३ असारमा उपचारका लागि आएका क्षयरोगका बिरामी ती पुरुषको परीक्षण गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए ।

मृतकले दुई महिनादेखि क्षयरोग औषधी सेवन गर्ने गरेको र बिरामी भएपछि उपचारका लागि प्रदेश अस्पतालमा आएको डा. पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्