Logo
२३ बैशाख २०८१, आईतबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको असर : विप्रेषण आप्रवाह ६.१ % ले गिरावट

विश्वभर फैलिएको कोरोना भाइरसको असरले गर्दा विप्रेषण आयमा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेर ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमा सिमित बनेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

१० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

१० महिनाको अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई ७ खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्