Logo
१७ बैशाख २०८१, सोमबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटालीको ‘कोरोना मुक्त’ गाउँमा जम्मा १ डलरमा घर बेच्दै

हरेक मानिसको जीवनमा एउटा घर किन्ने सपना हुन्छ तर सामान्य आम्दानी भएका मान्छेहरुले सहरमा घर किन्ने सपना नदेखे पनि हुने गरी मूल्य आकाशिएको हुन्छ । तर इटालीको ‘कोरोना मुक्त’ गाउँमा जम्मा १ डलरमा घर पाइनेछ ।

आफूलाई कोरोना भाइरसमुक्त गाउँ घोषणा गरेको इटालीको सिंक्वेफ्रोन्डी गाउँले नयाँ बासिन्दाहरुलाई आकर्षित गर्नका लागि यस्तो अफरको घोषणा गरेको हो ।

गाउँमा बसोबास गर्न आउने नयाँ मानिसहरुलाई खाली रहेका घरहरु जम्मा १ डलर मूल्यमा उपलब्ध गराइनेछ ।

तर त्यसका लागि घर खरिद कर्ताले उक्त घरको मर्मत सम्भार तथा रङरोगन गर्ने प्रतिबद्धता जनाउनु पर्नेछ ।

इटालीको कालाब्रिया क्षेत्रमा रहेको सो गाउँमा पछिल्लो समय कुनै पनि कोरोना भाइरस संक्रमित फेला परेका छैनन् ।

इटालीको क्यालाब्रिया क्षेत्र आफैमा इटालीका अन्य ठाउँभन्दा कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्र हो ।

गाउँका बासिन्दाहरु विभिन्न कारणले राजधानी रोम तथा अन्य सहरी क्षेत्रहरुमा बसाइ सरेसँगै सो गाउँ खाली हुँदै गएको छ र मान्छे नबस्ने घरहरु खण्डहरु बन्न थालेका छन्

खाली भएर झण्डै खण्डहर बनेका पूराना घरहरुमा नयाँ बासिन्दालाई आकर्षित गर्नका लागि सो योजना ल्याइएको छ ।

खाली घरमा नयाँ घरधनीहरु फेला पार्न सकिएमा कार्यक्रम सफल हुने उनको विश्वास छ ।

१ डलरमा घर दिने सो योजना अनुसार क्रेताका घरका लागि जम्मा १ डलर मात्रै तिरे पुग्नेछ तर घरको मर्मत तथा जिर्णोद्धार नसकिएसम्म वार्षिक बिमा शूल्कबापत २८० डलर तिर्नुपर्नेछ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्