Logo
१९ बैशाख २०८१, बुधबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधन

प्रदेश ५ स्थित नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे सवारी दुर्घटनामा ज्यान गएको छ ।

शर्मा चढेकाे प्रतापपुर गाउँपालिकाकाे लु १ झ ३७० नम्बरको स्कार्पियाे गाडी अनियन्त्रित भइ बर्दघाटमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले बताउनुभएको छ ।

अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागी हुन परासी जाने क्रममा बर्दघाट नगरपालिका वडा नं. ४ मा अनियन्त्रित भइ लक्ष्मीनगर पुलदेखि तल खसेकाे थियाे ।

शर्मासंगै गाडीमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ ।

शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक लामाले बताए ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्