Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिनमा झण्डै ११ हजार कोरोना संक्रमित, ३९६ को मृत्यु

छिमेकी देश भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब ११ हजार जना कोरोना  संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ५३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ ।

भारतमा अहिले पनि १ लाख ४१ हजार ८४२ जना कोरोना संक्रमित अवस्थामै रहेका छन् भने कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ ।

कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना कोरोना संक्रमित भएका छन् ।

दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन्

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्