Logo
१७ बैशाख २०८१, सोमबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपिङ मल तत्काल नखुल्ने, पसल र डिपार्टमेन्ट स्टोर खुल्ने

सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री डा. युवराज खतिवडाले रेष्टुरेन्ट खोलेर तयारी खाना होम डेलिभरी गर्ने व्यवस्था गरेको बताए ।

उनका अनुसार रेष्टुरेन्टमा मानिस जम्मा नभइ प्याकिङ गरेर मात्रै बिक्री गर्न पाइने छ ।

भिडभाड भने गर्न पाइने छैन । प्याकिङ खाना भने लिन पाइने छ ।

सरकारका प्रवक्ता डा. खतिवडाले विकास आयोजना खुला गरेको बताए ।

लकडाउन पछि बन्द भएका भौतिक पूर्वाधार, जलविद्युत आयोजना अब निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको उनको भनाइ छ । अब भौतिक पूर्वाधारमा आवश्यक आधार भूत निर्माणको लागि निर्माण सामग्रीको अभाव हुन नदिने खतिवडाले बताए ।

भौतिक पूर्वाधारको क्षेत्र खुला भएपनि काम गर्दा व्यक्तिगत दुरी कायम गरेर, मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Jun 11, 2020

प्रतिक्रिया दिनुहोस्