Logo
१९ बैशाख २०८१, बुधबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

वाग्मती प्रदेश स्थित सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका-६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको छ ।

कोरोना सङ्क्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।

सङ्क्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेशन कक्षमा उपचार शुरु भएको छ ।

द्वन्द्वकालीन बम भेटियो

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ । वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए ।

स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घटनास्थललाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित राखेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गइसकेको छ ।

सो ठाउँमा द्वन्द्वकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन् ।

प्रकाशित मिति: Jun 11, 2020

प्रतिक्रिया दिनुहोस्