Logo
१९ बैशाख २०८१, बुधबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोदावरीमा ‘ह्याण्ड लेस ह्याण्ड वास सिस्टम’ प्रयोगमा

बागमती प्रदेश स्थित गोदावरी नगरपालिकाले नगरक्षेत्रभित्र सात स्थानमा हात धुने प्रविधि अर्थात् ‘ह्याण्ड लेस ह्याण्ड वास सिस्टम’ प्रयोगमा ल्याएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (इन्फो) को आर्थिक सहयोगमा मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि केही स्थानमा उक्त प्रविधि राखिएको नगरपालिकाले जनाएको छ ।

मानिसको आवतजावत बढी हुने स्थान ९जस्तै प्रहरी कार्यालय, स्वास्थ्य चौकी, बजार क्षेत्र र घनाबस्ती) मा पटकपटक हात धुने पानी, साबुन र स्यानिटाइजरको व्यवस्था गरिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

उनले भने, “हामीले यसलाई नगरपालिकाको कार्यालय अगाडि, बज्रबाराही चापागाउँ अस्पतालभित्र, वडा नं ३ को कार्यालय परिसर, थेचोको बुद्ध पोखरी, चापागाउँ ट्याक्सी पार्क, लेलेको तिलेश्वर मन्दिरभित्र र बाँडेगाउँ प्रहरी चौकी आसपास क्षेत्रमा राखिदिएका छौँ ।”

सोे प्रविधिमा जडान गरिएको ड्रमको क्षमता ५०० लिटर पानी अट्ने रहेको छ । खट्टाले थिचेपछि त्यसबाट आफैँ पानी झर्छ ।

यसलाई हातले खोलेर पानी निकाल्नु नपर्ने इन्फाका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले बताए । उनले भने, “हामीले कोरोनाको जोखिम घटाउन आफूले सकेको सहयोग गोदावरीवासीलाई पुर्‍याउन खोजेका हौँ ।”

यसैगरी ललितपुरमा रहेको अर्को महालक्ष्मी नगरपालिकालाई पनि पाँच थान सो प्रविधि सहयोग गर्ने अपेक्षाका साथ खरिद प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्