Logo
१७ बैशाख २०८१, सोमबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना अस्पताल दाङबाट १० जना कोरोनालाई जित्दै घर फर्किए

प्रदेश नं ५ स्थित दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जनाले कोरोनालाई जित्दै घर फर्किएका छन् ।

मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार १० जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा बाँकेका ५ जना, कपिलवस्तुका २ जना, दाङका २ जना र बर्दियाका १ जना कोरोनालाई जित्दै घर फर्किएका हुन् ।

केहीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि र केहीलाई लक्षण नै नदेखिएको भन्दै डिस्चार्ज गरिएको हो ।

डा. शर्माका अनुसार बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

यस्तै पाँच जनालाई अस्पतालमा राखेको २२ दिनसम्म पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरिएको डा. शर्माले बताए ।

बेलझुण्डी अस्पतालमा अब ४५ जना कोरोना संक्रमित उपचाररत छन् ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्