Logo
२७ बैशाख २०८१, बिहीबार
(May 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन यसै वर्षकोअन्तमा विश्वबजारमा आउने दाबी

अहिलेको बर्तमान अवस्थामा कोरोना भाइरसले विश्वमाहामारी रुपलिइ लाखौ मानीसको ज्यान लिइरहेको अवस्थामा चीनले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको छ ।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद, राज्यपरिषद अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले यसैबारे एक पोष्ट गरेको थियो ।

त्यसमा लेखिएको छ-यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ । भ्याक्सिन दोस्रो चरणको परीक्षणमा गएको छ ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् ।

सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ ।

कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित एक पशुपंछी बजारबाट सुरु भएको थियो । तर यसको औषधि अझै पत्ता नलाग्दा विश्वभर महामारीको रुप लिएको छ ।

विश्वभर ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: May 31, 2020

प्रतिक्रिया दिनुहोस्