Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी सरकारको एक्सन : पाम आयल, चिया आयातमा रोक !

केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा नयाँ नक्सा जारी गरेसँगै नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले नेपालबाट हुने पाम आयल, चीया आयातमा रोक लगाएको छ ।

पछिल्लो समय नेपालको पाम आयलको आयात रोकेको भारतले चिया आयात पनि रोकेको हो ।

नेपाल र भारतबीच सीमा विवाद सुरु भएसँगै केही दिनयता चिया आयात रोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार भारतको पछिल्लो कदमपछि उद्योग मन्त्रालयले भारतलाई नरोक्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउने तयारी गरेको छ ।

मलेसियासँगको विवादपछि भारतले त्यहाँबाट पाम आयात रोक्न कदम चालेको थियो । तर नेपालबाट पनि रोकिएपछि पछि पुनः नेपाललाई खुल्ला गरेको थियो ।

गत वैशाख तेस्रो हप्ताबाट पाम आयल आयातमा भारतको वैदेशिक व्यापार महानिर्देशनालयले पुनः कडाइ गरेको थियो । भारतमा खपत हुने पाम आयलमा नेपालबाट २ प्रतिशतबराबरको निर्यात हुँदै आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले सन् २०१९ मा ६३ करोड रुपैयाँको चिया भारत निर्यात गरेको थियो । नेपालले भारतमा चार प्रकारका चिया निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति: May 24, 2020

प्रतिक्रिया दिनुहोस्